पेरिस ओलम्पिक : जितको खुसीयाली मनाउँदा प्रशिक्षकलाई हृदयाघात

काठमाडौँ । फ्रान्सको पेरिसमा जारी ओलम्पिक खेलकुदमा उज्बेकिस्तानको बक्सिङ टोलीले पाँच वटा स्वर्ण पदक जित्यो । ओलम्पिकमा पाँच वटा स्वर्ण पदक जितेपछि उज्बेकिस्तानको टोलीले खुसीयाली नमनाउने कुरै भएन ।
उज्बेकिस्तानका प्रशिक्षक तुलकिन किलिचेव पनि निकै खुसी भए । आखिर, उनकै प्रशिक्षणमा टोलीले यो सफलता हात पारेको थियो । तर, उनी खुसीयाली मनाउने क्रममा यति धेरै उत्तेजित भए कि त्यसलाई उनको शरीरले समेत साथ दिएन ।
खुसीयाली मनाउने क्रममा उनी अचानक अस्वस्थ भए । खासमा उनलाई हृदयाघात भएको रहेछ । खुसीयाली मनाउने क्रममा उज्बेकिस्तानका प्रशिक्षक तुलकिन किलिचेव अचेत भएर ढलेका थिए । त्यसपछि बेलायती खेल टोलीका सदस्यले तत्कालै उनलाई प्राथमिक उपचार गरी बचाएका थिए ।
उनलाई चिकित्सक हरज सिंह र फिजियोथेरापिस्ट रोबी लिलीसले सीपीआर दिएका थिए । त्यसपछि उनलाई तत्काल अस्पताल पुर्याएको थियो । ओलम्पिकमा पछिल्लो २० वर्षयता उज्बेकिस्तानको यो नै उत्कृष्ट प्रदर्शन हो । अहिले उनको उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत