पेरिस ओलम्पिक : जितको खुसीयाली मनाउँदा प्रशिक्षकलाई हृदयाघात
काठमाडौँ । फ्रान्सको पेरिसमा जारी ओलम्पिक खेलकुदमा उज्बेकिस्तानको बक्सिङ टोलीले पाँच वटा स्वर्ण पदक जित्यो । ओलम्पिकमा पाँच वटा स्वर्ण पदक जितेपछि उज्बेकिस्तानको टोलीले खुसीयाली नमनाउने कुरै भएन ।
उज्बेकिस्तानका प्रशिक्षक तुलकिन किलिचेव पनि निकै खुसी भए । आखिर, उनकै प्रशिक्षणमा टोलीले यो सफलता हात पारेको थियो । तर, उनी खुसीयाली मनाउने क्रममा यति धेरै उत्तेजित भए कि त्यसलाई उनको शरीरले समेत साथ दिएन ।
खुसीयाली मनाउने क्रममा उनी अचानक अस्वस्थ भए । खासमा उनलाई हृदयाघात भएको रहेछ । खुसीयाली मनाउने क्रममा उज्बेकिस्तानका प्रशिक्षक तुलकिन किलिचेव अचेत भएर ढलेका थिए । त्यसपछि बेलायती खेल टोलीका सदस्यले तत्कालै उनलाई प्राथमिक उपचार गरी बचाएका थिए ।
उनलाई चिकित्सक हरज सिंह र फिजियोथेरापिस्ट रोबी लिलीसले सीपीआर दिएका थिए । त्यसपछि उनलाई तत्काल अस्पताल पुर्याएको थियो । ओलम्पिकमा पछिल्लो २० वर्षयता उज्बेकिस्तानको यो नै उत्कृष्ट प्रदर्शन हो । अहिले उनको उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण