१८ राजदूतको सुनुवाइ भोलिदेखि सुरु हुने
काठमाडौँ । १८ देशमा नियुक्तिका लागि सिफारिस गरेका राजदूतको सुनुवाइ प्रक्रिया भोलि (मङ्गलवार) देखि सुरु हुने भएको छ । संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिए ।
सरकारले विभिन्न १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो । सिफारिस भएका राजदूतको सुनुवाइ प्रक्रिया मङ्गलवारदेखि सुरु हुने सुनुवाइ समितिले जनाएको छ। बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन रहेको शङ्कर हलमा १२ः १५ मा सुरु हुने संसद् सचिवालयले जनाएको छ।
बैठकले प्रस्तावित राजदूतमाथि उजुरी आह्वान गर्नेछ। प्राप्त उजुरीमाथि छलफल भएपछि राजदूतहरूको सुनुवाइको मिति तोकिनेछ। सरकारले साउन १५ गते १८ देशका लागि राजदूत सिफारिस गरेको थियो। नेकपा एमालेकी स्थायी समिति सदस्य एवं पूर्व उपसभामुख शिवमाया तुम्बाहाम्फे दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएकी थिइन्।
त्यस्तै भारतका लागि राजदूत सिफारिस भएका शङ्कर शर्माको पनि पुनः सुनुवाइ हुने भएको छ। प्रस्तावित १८ राजदूतको सूची आइतबार समितिमा सुनुवाइका लागि पुगेको थियो। त्यस्तै पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी, पूर्वसचिव चन्द्र घिमिरे राजदूतमा सिफारिस भएका छन् ।
उनीहरूमाथि उजुरी मागेपछि समितिमा उजुरी दर्ता हुनेछ। उक्त उजुरीको आधारमा समितिले सुनुवाइ गर्नेछ। गम्भीर उजुरी परेमा उनीहरूलाई अस्वीकार पनि गर्न सक्छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएसँगै उनीहरू नियुक्ति हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण