मधेस सरकारकाे विरोधमा निकालिएको जुलुसमा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी

धनुषा । मधेसमा जम्बो मन्त्रीमण्डल विस्तार गरेको विरोधमा जनकपुरमा निकालिएको जुलुसमा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी भएको छ । जसपा नेपाल निकट विद्यार्थीहरूले सोमबार निकालेको सिटी जुलुसमा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी भएको हो ।
सिटी जुलुसमा सहभागी विद्यार्थीहरूले प्रहरी सुरक्षा घेरा तोड्दै जुलुस प्रदर्शन गर्न खोजेपछि विवाद भएको थियो ।
जनकपुरको भानु चोकबाट निकालिएको सिटी जुलुस नगर परिक्रमा गर्दै मुख्यमन्त्री कार्यालयको मूल गेटसम्म पुगेको समाजवादी युवा संघ जनकपुरले जनाएको छ । मिल्स एरियामा प्रहरीले लगाएको सुरक्षा घेरा तोड्दा घम्साघम्सी भएको सङ्घका धनुषा जिल्ला अध्यक्ष दिपु कापरले बताए ।
उनका अनुसार जनमत नेतृत्वको सरकारका गतिविधिको विरोध गर्दै विद्यार्थीहरूको जुलुस सुरक्षा घेरा तोड्दै रेल्वे लिकसम्म पुगेको थियो । मधेस सरकार सङ्घीयता विरोधी गतिविधिमा लागेको भन्दै सो सङ्गठनले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।
प्रदेश सरकारले एक साता अगाडि ८ राज्यमन्त्री थप्दै २० सदस्यीय मन्त्रीमण्डल विस्तार गरेको थियो । जम्बो मन्त्रीमण्डल विस्तार गरिएपछि पछिल्लो समय चर्को आलोचना भइरहेको छ । यसअघि जसपा नेपाल निकट विद्यार्थीहरूले कुर्सी जुलुस समेत निकालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेन्ट लुइसमा घुम्रपात आउँदा पाँच जनाको मृत्यु
-
हेटौँडामा वाग्ले, फागो र अधिकारी पुरस्कृत
-
मिथिला संस्कार र संस्कृतिमा बढ्दो तमकझमक
-
जलवायु परिवर्तनले हुने हानी, नोक्सानीको क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रियालाई सहज बनाऔँ : विज्ञहरू
-
रामायणले नेपाली समाजलाई जोड्ने काम गर्यो : शिक्षामन्त्री पन्त
-
सगरमाथा संवाद विश्वका लागि प्रेरणादायक उदाहरण : युएनडीपी उपाध्यक्ष