माओवादी स्थायी समिति बैठक सुरु
मङ्गलबार, २९ साउन २०८१, ११ : ३०
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।
गत शुक्रबारदेखि जारी बैठकमा वर्तमान परिस्थिति, समाजवादी विचारको विकास, पार्टी निर्माण र भावी योजनाबारे समीक्षा भइरहेको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
उनका अनुसार सोमबारसम्म ३० जना नेताहरूले आ–आफ्ना विचार राखिसकेका छन् । आज १४ जना नेताहरूले धारणा राखिसक्ने र बुधवार अध्यक्ष प्रचण्डले उठेका प्रश्नको जवाफ दिएपछि बैठक सकिने उपाध्यायले बताए । यसअघि बोल्ने अधिकांश नेताहरूले पार्टीको नीति र नेतृत्वको खुलेर आलोचना गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण