इरानको धम्कीबिच अमेरिकासहित पाँच देशले निकाले संयुक्त विज्ञप्ति
वाशिङ्टन डिसी । इरानले एकपछि अर्को गर्दै इजरायललाई सैन्य हमलाको धम्की दिइरहेको छ । यसैबिच मध्यपूर्वको अवस्थाबारे अमेरिका, बेलायत, फ्रान्स, जर्मनी र इटालीले संयुक्त विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा यी सबै देशहरूले मध्य पूर्व क्षेत्रमा तनाव कम गर्न अनि गाजामा युद्धविराम गरी बन्धकहरूको रिहाइसम्बन्धी सम्झौतामा पुग्न आफूहरूको पूरा समर्थन रहेको बताएका छन् ।
सम्भव भएसम्म छिटो सम्झौतामा पुग्ने उद्देश्यसहित यो हप्ताको अन्त्यमा वार्ता पुनः सुरु गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन, इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसी र कतारका अमिर तमीमको संयुक्त आह्वानलाई आफूहरूले समर्थन गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ । सबै पक्षहरूले आ–आफ्नो जिम्मेवारी पूरा गर्नु पर्ने साथै गाजामा बिना कुनै बाधा सहायता पुर्याउनु जरुरी भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
इरानको आक्रमण र यसलाई समर्थन गर्ने चरमपन्थी संगठनहरू विरुद्ध इजरायलको रक्षाको लागि समेत समर्थन व्यक्त गरिएको छ । इरानको तर्फबाट इजरायलविरुद्ध सैन्य आक्रमणको लगातार धम्की आइरहेको छ । यस्ता धम्की बन्द गर्न विज्ञप्तिमा आह्वान गरिएको छ । विज्ञप्तिमा यस्ता आक्रमणबाट क्षेत्रीय सुरक्षामा पर्ने गम्भीर असरबारे पनि चर्चा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण