नाडा अटो शो घोषणा, ९५ अटो ब्रान्ड तथा कम्पोनेन्ट प्रदर्शन गरिने
काठमाडौँ । १६ औँ संस्करणको नाडा अटो शो २०२४ घोषणा भएको छ । आयोजक नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले बुधबार ललितपुरमा एक समारोहको आयोजना गर्दै अटो शोको औपचारिक रूपमा घोषणा गरेको हो ।
यस पटकको अटो शो भदौ ११ देखि १६ गतेसम्म काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुनेछ ।
टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स र सर्बो लुब्रिकेन्ट सहप्रायोजक रहेको नाडा अटो शो २०२४ मा साना ठूला गरी १३० वटा स्टल रहने र ९५ वटा अटोमोबाइल ब्रान्ड तथा अटो कम्पोनेन्ट कम्पनीहरूको सहभागिता रहने आयोजक नाडाले जनाएको छ ।
यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्गे ब्रान्डहरू, १९ दई पाङ्गे बान्डहरू, १२ हल्का व्यावसायिक र सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिनेछन् । साथै ३३ कम्पनीहरूमा लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन् र ७ वित्तीय संस्थाहरू विशेष रूपले अनुकूल वित्तीय समाधानहरू प्रदान गर्नेछन् । कुल मिलाएर शोमा ९५ प्रदर्शकहरू सहभागी हुने नाडाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण