प्रतिनिधिसभा बैठक
प्रचण्डको गुनासो : जनयुद्ध शब्द प्रयोग गर्यो भने जात नै जाला जस्तो गर्नुहुन्छ
बुधबार, ३० साउन २०८१, १४ : ५१
१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कतिपय नेताहरूले माओवादी जनयुद्ध शब्द प्रयोग गर्न हिचकिचाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
टीआरसी विधेयकमाथि संसदमा बुधबार भएको छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले अहिले पनि नेताहरूले बोल्दा हिंसात्मक द्वन्द्व भन्ने गरेकोमा असन्तुष्टि जनाए ।
‘माओवादी जनयुद्ध शब्द प्रयोग गर्यो भने जात नै जाला जस्तो गर्नुहुन्छ’, प्रचण्डको भनाइ छ । उनले संविधानसभाबाट बनेको संविधानको अनुसूचीमै जनयुद्ध शब्द लेखिएको उल्लेख गर्दै नेताहरूको ध्यानाकर्षण गराए । ‘यदि जनयुद्ध ध्वंसात्मक मात्र हुन्थ्यो, गैरराजनीतिक र वैचारिक हुन्थ्यो भने संसारकै मोडल शान्ति प्रक्रिया भनेर आज जे भनिराखेका छौँ, त्यो सम्भव हुने थिएन’, प्रचण्डको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सिपयुक्त जनशक्ति उत्पादन सरकारकाे प्राथमिकतामा : श्रममन्त्री
-
आपराधिक विश्वासघात गरी ठगी गर्ने पक्राउ, यसरी गरेका थिए ठगी
-
सरकारसँग किन रिसायो कांग्रेस ?
-
न्याय परिषद् नियमावली संशोधनविरूद्धको रिटमा सर्वोच्चले मगायो पुरानो मुद्दाको मिसिल
-
‘अपरेसन सिन्दूर’ बारे भारतीय विदेश सचिवले के भने ?
-
एसियन थाई फुड्सले ४० करोड लगानीमा कपिलवस्तुमा खोल्यो चाउचाउ उद्योग