खेलाडीको सुरक्षाका लागि तीनवटा एफ–१६ लडाकु विमान पठाइयो
काठमाडौँ । हालै फ्रान्सको राजधानी सहर पेरिसमा सम्पन्न ३३ औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा चाइनिज ताइपेईले कुल सातवटा पदक जितेको थियो । चाइनिज ताइपेईले दुई स्वर्ण र पाँचवटा कांस्य पदक हात पारेको थियो ।
चाइनिज चाइपेईले दुई स्वर्णमध्ये एक ब्याडमिन्टनमा र एउटा महिला बक्सिङमा जितेको थियो । महिला बक्सिङको पदक लिन यु तिङले जितेकी थिइन् । पेरिस ओलम्पिकमा दुईजना महिला बक्सरको विषयलाई लिएर लैंगिक विवाद पनि चर्चिएको थियो ।
लैंगिक विवादमा परेका दुवै महिला बक्सरले स्वर्ण पदक जितेका थिए । त्यसमध्ये एक चाइनिज ताइपेईकी लिन यु तिङ पनि थिइन् । लैंगिक बिवादमा पर्ने अर्की महिला मुक्केबाज अल्जेरियाकी ईमान खलिफ थिइन् । उनले पनि आफ्नो स्पर्धामा स्वर्ण पदक जितेकी थिइन् ।
ओलम्पिकमा पदक जित्ने आफ्ना खेलाडीलाई स्वदेश फर्काउन चाइनिज ताइपेईले स्कर्टिङका लागि तीनवटा एफ–१६ लडाकु विमान पठाएको छ । खेलाडी सवार बिमान आफ्नो आकाश क्षेत्रमा प्रवेश गरेपछि ती लडाकु बिमानले उनीहरुको विमानलाई स्कर्टिङ गर्दै विमानस्थलसम्म पुर्याउने छ ।
चाइनिज ताइपेईको रक्षा मन्त्रालयले ओलम्पिकमा स्वर्ण पदक जित्ने आफ्ना खेलाडीप्रति सम्मान ब्यक्त गर्न यस्तो ब्यवस्था गरिएको जनाएको छ । ‘हामी खेलाडीप्रति आभार ब्यक्त गर्न चाहन्छौँ । त्यसैले उनीहरुको सुरक्षाका लागि एफ–१६ लडाकु विमान पनि पठाएका हौँ,’ मन्त्रालयले भनेको छ ।
Do you hear our fighter roar?
— 國防部 Ministry of National Defense, R.O.C. 🇹🇼 (@MoNDefense) August 12, 2024
Yes, it’s a morning call for you to honor our heroes.#ROCAF #TeamTaiwan pic.twitter.com/56PVQYZGA4
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सदस्य सचिव लामालाई बधाई र स्वागत
-
प्रतिनिधि सभा बैठक स्थगित
-
अमेरिकामा ओली र मोदीबिच भेटको सम्भावना न्यून
-
अझै सुरु हुन सकेन प्रतिनिधि सभा बैठक‚ प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख
-
अख्तियारद्वारा एक वर्षमा २०१ मुद्दा दर्ता, ८ अर्ब ४० करोड बढी बिगो उठ्यो
-
पत्नीलाई धनाढ्यले दिएको उपहारका कारण समस्यामा बेलायती प्रधानमन्त्री