सुप्रिम सहकारीका क्यासियरसँग समितिले लियो बयान
बिहीबार, ३१ साउन २०८१, १३ : ५२
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीका कर्मचारी रोशनी गुरुङसँग बयान लिएको छ ।
समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकमा बचत हिनामिना र दुरुपयोग गरेको आरोप लागेका गुरुङसँग सोधपुछ गरेको समिति सभापति सुर्य थापाले जनाएका छन् ।
‘विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित व्यक्तिहरूमध्ये आज सुप्रिम बचत तथा ऋण सहकारी संस्था,बुटवलको प्रधान कार्यालयमा क्यासियर पदमा कार्यरत रोशनी गुरुङलाई समितिको बैठकमा ल्याई सोधपुछ गरिएको छ’, सभापति थापाले भने ।
गुरुङ २०८० वैशाखमा २ लाख धरौटीमा रुपन्देही जिल्ला अदालतको आदेशमा छुटेकी थिइन् । यसअघि समितिले सहकारीको रकम अपचलनमा संलग्न १० जनाभन्दा बढीसँग बयान लिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण