सुप्रिम सहकारीका क्यासियरसँग समितिले लियो बयान
बिहीबार, ३१ साउन २०८१, १३ : ५२

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीका कर्मचारी रोशनी गुरुङसँग बयान लिएको छ ।
समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकमा बचत हिनामिना र दुरुपयोग गरेको आरोप लागेका गुरुङसँग सोधपुछ गरेको समिति सभापति सुर्य थापाले जनाएका छन् ।
‘विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित व्यक्तिहरूमध्ये आज सुप्रिम बचत तथा ऋण सहकारी संस्था,बुटवलको प्रधान कार्यालयमा क्यासियर पदमा कार्यरत रोशनी गुरुङलाई समितिको बैठकमा ल्याई सोधपुछ गरिएको छ’, सभापति थापाले भने ।
गुरुङ २०८० वैशाखमा २ लाख धरौटीमा रुपन्देही जिल्ला अदालतको आदेशमा छुटेकी थिइन् । यसअघि समितिले सहकारीको रकम अपचलनमा संलग्न १० जनाभन्दा बढीसँग बयान लिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रान्तिकारी माओवादीका महासचिव वैद्यलाई मातृशोक
-
विपद् व्यवस्थापनको सचेतनाका लागि पाँच भाषामा सन्देश निर्माण गर्दै प्राधिकरण
-
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दुई सय बढी प्रत्यक्ष लाभान्वित
-
बागमती प्रदेशमा मनाइयो भाषा दिवस
-
हेटौँडा गाडी भासिएको घटनाः ५ स्थानको ६० बढी नमुना बोकेर फर्कियो टोली
-
भाषा संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री लामा