सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिको तयारी
काठमाडौँ । न्याय परिषद्ले सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिको तयारी गरेको छ । न्याय परिषदमा शुक्रबार नियुक्ति सम्बन्धी छलफलका लागि बैठक सुरु भएको छ ।
परिषद् स्रोतका अनुसार सर्वोच्च अदालतका रिक्त ४ र उच्च अदालतका रिक्त १० न्यायाधीश नियुक्तिका लागि परिषद् बैठक बसेको हो । यसअघि न्याय परिषद्ले ३५ जिल्ला न्यायाधीशको नियुक्ति गरी पदस्थापना गरेको थियो । सर्वोच्च अदालतमा लामो समयदेखि न्यायाधीश रिक्त रहेको छ ।
सर्वोच्चमा मुद्दाको चाप धेरै भएकाले नियुक्ति गर्नुपर्ने दबाबमा प्रधानन्यायाधीश एवं परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठ रहेका छन् । परिषद् स्रोतका अनुसार शुक्रबार सहमति भएका न्यायाधीशको नाम टुङ्गो लगाउने नत्र नामहरूको रोष्टर तयार गरिने छ । उक्त नाममा अर्को दिन छलफल हुने छ । सर्वोच्चको हकमा दुई तर्कमा बहस भइरहेका छ ।
प्रधानन्यायाधीश श्रेष्ठ र केही सदस्य बाहिरबाट न्यायाधीश नल्याउने भन्दै उच्च अदालतका मुख्य न्यायाधीशबाट बनाउने पक्षमा छन् भने कानुनमन्त्री र बारका सदस्य भने कानुन व्यवसायीलाई पनि समेट्नुपर्ने पक्षमा छन् । त्यस्तै उच्चमा भने सबैलाई समेट्ने कुरामा सबै सदस्य सहमत छन् तर कोटाको विषयमा भने विवाद रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण