टेस्ट ड्राइभ गर्ने बहानामा मोटरसाइकल चोरी, ३ जना पक्राउ
शुक्रबार, ३२ साउन २०८१, १६ : ४५
काठमाडौँ । टेस्ट ड्राइभ गर्ने बहानामा मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको तिलोत्तमा घर भई हाल काठमाडौँको नागार्जुनस्थित ग्रिनभिलेज बस्ने वर्ष १८ का निश्चल आले मगरको मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले राकेश थापासहित तीन जनालाई पक्राउ गरेको हो ।
यस्तै प्रहरीले सो मोटरसाइकल प्रयोग गर्ने सुरोजन शाही विकाश थामीलाई पनि पक्राउ गरेको छ । केही अघि निश्चलको केटीएम डुक २५० मोटरसाइकल बिक्रीका लागि फेसबुकमा विज्ञापन पोष्ट भएको थियो । सोही मोटरसाइकल खरिद गर्नका लागि टेस्ट ड्राइभको नाममा राकेशले चोरेर भागेका थिए ।
साथै अनुसन्धानको क्रममा राकेश थापा समेतको संलग्नतामा केही अघि धनुषाका लक्ष्मण राज शाको मोटरसाइकल समेत चोरी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण