आन्दोलनकै बाटोबाट भ्रष्ट नेताहरूलाई बिदा दिइनेछ : राणा
काठमाडौँ । देशलाई सही मार्गमा ल्याउन राजसंस्थावादी, हिन्दुवादी र राष्ट्रवादीहरू एक ठाउँ उभिनु पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा धवलशम्सेर राणाले बताएका छन् ।
‘देशको समग्र अवस्था बाटो भुलेको यात्री जस्तो भएको छ । विद्यमान सम्पूर्ण कमी कमजोरी अन्त्य गरेर अघि बढ्न राजावादी, हिन्दुवादी र राष्ट्रवादीको एकता आवश्यक भएको छ । देश र समाजलाई सङ्कटमुक्त गर्न राप्रपा दत्तचित्त भएर अघि बढेको छ, हामी लक्ष्य प्राप्त नगरेसम्म विश्राम लिँदैनौँ,’ राप्रपाका संगठन विभाग प्रमुखसमेत रहेका राणाले शनिबार भने ।
स्थानीय तहको बल र विगत आन्दोलनको अनुभवका आधारमा राप्रपा यस पटक पूर्ण तयारीका साथ सडकमा उत्रने राणाले प्रस्ट गरे । आन्दोलनकै बाटोबाट भ्रष्ट नेताहरूलाई बिदा दिने उनले उद्घोष गरे ।
प्रवक्ता तथा संगठन विभागका सदस्य सचिव सगुन सुन्दर लावतीले देशको यथार्थ अवस्था अनुसार शासन नचलेको हुनाले देश र समाज ओरालो लागेको बताए ।
‘राजसंस्था र हिन्दुत्व नेपाली समाजको विकास र निरन्तरताका लागि अपरिहार्य छन्, अन्योन्याश्रित छन् । हिन्दु, बौद्ध र किरात सभ्यतामा आधारित नेपाल समाजमा राजसंस्था र सनातन सापेक्ष हिन्दु अधिराज्यको उपादेयता नजरअन्दाज गर्न सकिन्न । यसै मान्यता केन्द्रमा राखेर संविधान संशोधन गर्नु पर्दछ,’ लावतीले भने ।
सबै शक्ति र विचार समेटेर शान्ति, विकास कायम गर्न राप्रपाले नवीन समझदारीको प्रस्तावना अघि सारेको उनले भने ।
कागेश्वरी मनहरा नगर समिति अध्यक्ष मनिराम सिंखडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौँ जिल्ला अध्यक्ष नवराज सिंखडाले काठमाडौँ उपत्यका केन्द्रीत संगठन विस्तार कार्ययोजना अनुसार आन्दोलनलाई सफल तुल्याउन प्रत्येक वडाबाट कम्तीमा दशजना जुझारु युवा तयार गर्न स्थानीय इकाईलाई आह्वान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण