भ्रष्ट व्यवस्था र भ्रष्ट शासकको अन्त्यका लागि आन्दोलन आबश्यकः कमल थापा
आइतबार, ०२ भदौ २०८१, १६ : १९
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिका लागि आन्दोलन आवश्यक भएको बताएका छन् । त्यसका लागि राप्रपा नेपाललाई बलियो बनाउन जरुरी भएको उनको भनाइ छ ।
आइतबार राजधानीमा आयोजित क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले असफल साम्यवाद र पुँजीवादको विकल्पमा सम्बर्द्धनवादको वैचारिक धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्नु आवश्यक भएको जिकिर गरे ।
थापाले भ्रष्टाचार, धर्म परिवर्तन, बेरोजगारी अन्त्य र सुशासनको लागि जनता जाग्नुपर्ने भन्दै विदेशी प्रभाव र दबाबबाट मुक्त गर्न र स्वाधीनताको रक्षाका लागि आन्दोलन आवश्यक भएको बताए ।
कार्यक्रममा डाक्टर विष्णु भण्डारी ,राजाराम बर्तौला, अम्मर केसी ,उज्ज्वल पोखरेल लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण