सवारी लाइसेन्स प्रदेशमै छाप्ने तयारी
आइतबार, ०२ भदौ २०८१, १६ : ५२
काठमाडौँ । सरकारले प्रदेश तहमै सवारी लाइसेन्स छाप्ने भएको छ । आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले महिना दिनको कार्यविवरण प्रस्तुत गर्दै प्रदेश तहमै सवारी लाइसेन्स छाप्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।
‘आइडी कार्डजस्तै गरी लाइसेन्समा एउटा फोटो र क्युआर राखेर छाप्न ट्राफिक प्रहरीसमक्ष पनि कुरा राखेका छौँ । यस्तै बाक्लो कागज र केन्द्रीय तहमा डाटा रहने गरी प्रदेश तहमा लाइसेन्स छाप्ने तयारी छ’ उनले भने ।
यातायात कार्यालयमा भएको भिड लाइसेन्सकै कारण भएकाले अब हट्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण