तस्करी रोक्न छुट्टै संरचना खडा गर्नुपर्ने आवश्यकता छ : मुख्यमन्त्री सिंह
वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले बोर्डरमा हुने तस्करी रोक्नको लागि छुट्टै संरचना खडा गर्न आवश्यक रहेको बताएका छन् । नेपाल फाण्डेसनले जनकपुरमा आयोजना गरेको नेपाल–भारत सम्बन्धमा युवाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन ।
उनले अहिले ठुला तस्करहरु व्यापक मात्रामा तस्करी गरिरहेको बताए । प्रहरी, प्रशासन प्रदेश सरकारको मातहत नभएर त्यो नियन्त्रण गर्न कठिनाइ भइरहेको उनी बताउँछन् । सबैको मिलेमहतोमा तस्करहरूले तस्करी गर्ने गरेको उनको भनाइ छ । तर जनता २ किलो चिनी ल्याउँदा बोर्डरमा सुरक्षा निकायबाट दुःख पाउने गरेको गुनासो आइरहने उनको जिकिर छ ।
‘त्यसकारण प्रदेशमा तस्करी रोक्न एउटा बेग्लै संरचना खडा गर्नुपर्छ, जहाँ आफ्नो मातहतमा तस्करी रोक्न एउटा निकाय रहन्छ । यसरी संरचना खडा गरियो भने मात्र तस्करी नियन्त्रणमा आउँछ, देशको राजस्वमा पनि ठुलो टेवा पुग्छ,’ उनले भने । तस्करीसँगै प्रदेशको बोर्डरमा प्रतिबन्धित लागु औषध ओसारपसारको समस्या पनि जटिल बन्दै गएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण