राजकुमार र श्रद्धासामु नतमस्तक बने अक्षय र जोन
मुम्बई । भारतको स्वतन्त्रता दिवसको अवसरमा बलिउडका तीन ठुला चलचित्र रिलिज भएका थिए । तर, राजकुमार राव र श्रद्धा कपुर अभिनीत चलचित्र ‘स्त्री २’ सामु अक्षय कुमारको ‘खेल खेल मे’ र जोन अब्राहमको ‘वेदा’ नतमस्तक बनेका छन् ।
अक्षय कुमार र जोन अब्राहमको चलचित्र बक्स अफिसमा स्त्री २ अगाडि टिक्न सकेन । अमर कौशिकको निर्देशनमा बनेको स्त्री २ ले सप्ताहान्तमा शानदार प्रदर्शन गर्दै आइतबारसम्म २००.८ करोड भारतीय रुपैयाँ आम्दानी गर्न सफल भएको छ । यही समयमा अक्षयको खेल खेल मेले १३.९५ करोड भारु र जोनको वेदाले १३.२५ करोड भारु मात्र कमाएको छ ।
राजकुमार र श्रद्धाको स्त्री २ लाई दर्शकहरूले खुवै रुचाइ रहेका छन् । बक्स अफिसमा ७५.५ करोड भारुको ओपनिङ गरेको चलचित्रले हप्ताको अन्त्यमा पनि राम्रो प्रदर्शन गरेको थियो । रिपोर्टका अनुसार चलचित्रले ४ दिनमा नै २ सय करोड भारुको आँकडा पार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण