अन्तरिक्षमा खाना डेलिभरी
वाशिङटन डीसी । अनलाइन वा अफलाइनबाटै खाना मगाउँदा तपाईँलाई कति टाढाबाट खाना डेलिभरी गरिएको छ ? बढीमा ५, १० वा २० किलोमिटर । तर सयौँ किमी टाढा पनि खानाको डेलिभरी भन्दा तपाई पत्याउनु हुन्छ ? फेरि यो डेलिभरी पृथ्वीमा पनि होइन, अन्तरिक्षमा भएको हो ।
अन्तर्राष्ट्रिय स्पेस स्टेसन अर्थात् आर्ईएसएसमा फसेका अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका दुई अन्तरिक्ष यात्री सुनिता विलियम्स र बेरी ‘बुच’ विल्मोरलाई खाना पुर्याउन एउटा अन्तरिक्षयानलाई त्यता पठाइएको हो ।
सो यानमा खाना मात्रै होइन इन्धनलगायत अन्य अत्यावश्यक सामानहरू राखिएको छ । डेलिभरीका लागि गएको यान रुसको मानवरहित कार्गो अन्तरिक्षयान हो । यसमा करिब ३ टन सामान पठाइएको छ ।
नासाका अनुसार कार्गो अन्तरिक्षयान ६ महिनासम्म आईएसएसमै बस्नेछ । ५ जुनमा गए सुनिता र बेरी ८ दिनका लागि स्पेस स्टेसनमा गएका थिए । आईएसएस नजिकै पुग्न लाग्दा उनीहरू चढेर गएको स्टारलाइनरमा समस्या देखियो । यानको ५ ओटा थ्रष्टर बन्द भयो अनि हिलियम पनि सकियो ।
२ महिनाभन्दा बढी समयदेखि दुवै आईएसएसमा फसेका छन् । यस्तोमा पृथ्वीमै सो यानमा देखिएको समस्या पहिचान गर्ने अनि अन्तरिक्षमा सोको समाधान गरेर गएकै यानमा उनीहरूलाई फर्काउन सकिने विकल्प छ । तर यसको लागि कति समय लाग्छ थाहा छैन ।
एलन मस्कको एउटा अन्तरिक्षयान यो वर्षको अन्त्यमा आईएसएस जाँदै छ । सो यानमा उनीहरूलाई फर्काउन सकिने विकल्प छ । यसो भयो नै भने पनि २०२५ को सुरुमै मात्र सुनिता र बेरी पृथ्वीमा फर्किन पाउनेछन् । यस्तोमा उनीहरूलाई आवश्यक सामानको डेलिभरी गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण