काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ।
_4CXOdYi79U.jpg)
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
_2v2YTbW4kL.jpg)
गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाहबीसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायतमा नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेका सहरमा धुमधामका साथ मनाइन्छ । यस अवसरमा हास्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् । सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
_GkjdgT1Djy.jpg)
_XmRFpkVGrW.jpg)
_d6PKN2LHs0.jpg)
_4DyAyHVYQu.jpg)
_RSmV0WaPId.jpg)
_y3Y19mnj6I.jpg)
_e834e3gtSa.jpg)
_iibAfeORtj.jpg)
_08n8fOJkyb.jpg)
_n4cKJoo7Bu.jpg)
_8PFPT0uSAJ.jpg)
_SIDAfhgCr9.jpg)
_mQ6LVEkbaO.jpg)
_xTd2UnzBIe.jpg)
_ZwqlZaICdp.jpg)
_jmphGrLQMB.jpg)
_g5LqyVrEEX.jpg)
_4zO6k4zz3L.jpg)
प्रतिक्रिया