४२ जना महिलाको हत्याका संदिग्ध जेलबाट फरार
नैरोबी । ४२ जना महिलाको हत्याका एक संदिग्ध केन्याको जेलबाट भागेका छन् । केन्याली प्रहरीका अनुसार ३३ वर्षका कोलिन्स जुमाइसी खालुशा नाम गरेका ती संदिग्धले ४२ जना महिलाको हत्या गरेको भनेर आफैँ स्वीकारेका थिए ।
केन्याको राजधानी नैरोबीमा महिलाको शव र टुक्रा टुक्रा अवस्थामा शरीरका हिस्साहरू भेटिएपछि उनी पक्राउ परेका थिए ।
अनधिकृत रूपमा केन्यामा बसेको आरोपमा पक्राउ परेका १२ अन्य इरिट्रियन नागरिकको साथमा खालुशा फरार भएको अपराध अनुसन्धान निर्देशनालयका प्रमुख मोहमद आमिनले बताएका छन् । यस मामिलामा ड्यटीमा रहेको ८ जना प्रहरी अधिकारीलाई कारबाही गरिएको कार्यवाहक प्रहरी महानिरीक्षक गिलबर्ट मासेन्गेलीले बताए । बन्दीहरू मंगलबार बिहान भागेका थिए । बिहानको खाजा खाने समयमा मात्रै बन्दीहरू भागेको थाहा भयो ।
खालुशामाथि हत्याभियोग लगाउनु अघि थप ७ दिन अनुसन्धान गर्न एक अदालतले जासुसहरूलाई अनुमति दिएपछि उनलाई प्रहरी हिरासतमा राखिएको छ । जुलाईमा नैरोबीको क्वारे क्षेत्रमा प्लाष्टिकका बोरामा १० वटा शव र शरीरका कयौँ हिस्साका टुक्रा भेटिएपछि प्रहरीले खुलाशालाई समातेको थियो । खुलासाले आफ्नी श्रीमती समेत ४२ जनाको हत्या गरेको स्वीकारेको प्रहरीले बताएको छ । आफ्नो क्लाइन्टलाई सहनै नसक्ने पीडा दिएर नगरेको अपराध स्विकार्न बाध्य पारिएको खुलाशाका वकिलले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण