मन्त्रालयसँग एक लाखभन्दा बढी मेट्रिक टन मल मौज्दात
बुधबार, ०५ भदौ २०८१, १९ : ०९
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक लाख बढी रासायनिक मल मौज्दात रहेको जनाएको छ । मन्त्रालयले आज पछिल्लो पटकको मलको विवरण सार्वजनिक गर्दै १ लाख २३ हजार १६८ मेट्रिक टन मल मौज्दात रहेको जनाएको हो ।
मन्त्रालयसँग मौज्दात रहेको मलमध्ये युरिया ७१ हजार ४६१ मेट्रिक टन छ । यस्तै, डीएपी ४३ हजार ८६८ मेट्रिक टन र पोटास ७ हजार ८३८ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको छ ।
साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेडसँग २३ हजार ८९१ मेटिक टन र कृषि सामाग्री कम्पनी लिमिडेटसँग ९६ हजार २७७ मेट्रिक टन रासायनिक मल मौज्दात छ ।
यो वर्षको धान रोपाइँमा मलको अभाव देखिएन । १३ लाख हेक्टर क्षेत्रफल बढीमा धान रोपाई सम्पन्न भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण