कलाकार विपिन कार्कीलाई मातृशोक
बिहीबार, ०६ भदौ २०८१, ०९ : १३
काठमाडौँ । कलाकार विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमा सरस्वतीको उपचारको क्रममा आज बिहान ६ बजे निधन भएको हो ।
पाटन अस्पतालमा ४ दिनदेखि भेन्टिलेटरमा राखेर सरस्वतीको उपचार गरिँदै आएको थियो ।
उनलाई पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या देखिएको थियो । विपिनकी आमा सरस्वतीको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
अभिनेता विपिन र उनका दाजुले आमाको पार्थिव शरीरमा दागबत्ती दिए ।
सरस्वतीको अन्त्येष्टि दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, दीपाश्री निरौला, अशोक शर्मा, प्रदीप भट्टराई, तुलसी घिमिरे, सरिता गिरी, कमेडियन सुमन कार्की लगायत नेपाली कलाक्षेत्रका विभिन्न व्यक्ति र सञ्चारकर्मीको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण