नेविसंघले भन्यो– त्रिविमा कृत्रिम सुरक्षा थ्रेट सिर्जना गरी अफवाह फैलाइयो
काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयमा कृत्रिम सुरक्षा थ्रेट सिर्जना गरी अफवाह फैलाइएको बताएको छ । नेविसंघ त्रिवि समितिका अध्यक्ष विष्णु बडैलाले एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयका पदाधिकारीहरूले त्रिवि परिसरमा कृत्रिम सुरक्षा थ्रेट सृजना गरी अफवाह फैलाएको भन्दै उक्त घटनालाई नेविसंघले नजिकबाट नियालिरहेको बताए ।
अमुक आयातित पात्रलाई समाजशास्त्र केन्द्रीय विभागको विभागीय प्रमुख नियुक्त गर्न यस्तो प्रपञ्च रचिएको नेविसंघको ठहर छ । विद्यार्थी तर्सिने गरी बन्दुकधारी प्रहरी विश्वविद्यालयमा परिचालन गरी आतङ्क मच्चाउनु लज्जास्पद भएको बडैलाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट विभागीय प्रमुख नियुक्त गर्नुपर्नेमा कृत्रिम सुरक्षा थ्रेट देखाएर झुटको खेती गर्ने त्रिविका पदाधिकारीहरूलाई कारबाही गर्नुको साटो शिक्षामन्त्रीले उल्टै गलत सूचना सामाजिक सञ्जालमा राखेको विज्ञप्तिमा जनाइएको छ ।
विश्वविद्यालयभित्र कुनै पनि प्रकारको सुरक्षा चुनौती नभएको स्वयम् नेपाल प्रहरीले नै पुष्टि गरिसकेको जनाइएको र यस्तो अवस्थामा नैतिकताको आधारमा विश्वविद्यालयका पदाधिकारीहरूले राजीनामा किन नगर्ने ? भन्दै बडैलाले प्रश्न गरेका छन् ।
उपकुलपति प्राडा केशरजंग बराल विगत १५ दिनदेखि डेंगु सङ्क्रमणले घरबाटै विश्वविद्यालय सञ्चालन गर्ने तर असुरक्षाको आरोप नेविसंघलाई लगाउनु गलत भएको उनले जनाएका छन् ।
बिना प्रमाण नेविसंघलाई बदनाम गराउन उद्धत विश्वविद्यालय पदाधिकारीलाई अविलम्ब झुट्टा आरोप फिर्ता लिन उनले आग्रह गरेका छन् । त्यस्तो नगरेको खण्डमा आन्दोलन गर्ने चेतावनी समेत नेविसंघले दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण