फुटबल मैदान बाहिर रोनाल्डोको नाममा लेखिएको यो पछिल्लो कीर्तिमान
काठमाडौँ । समकालीन विश्व फुटबलका महान खेलाडीमध्येका एक पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले अर्को इतिहास रचेका छन् । सामाजिक सञ्जालमा यसअघि नै एकपछि अर्को कीर्तिमान बनाएका रोनाल्डोले यु ट्युब च्यानलमा पनि कीर्तिमान रचेका छन् ।
३९ वर्षीय रोनाल्डोको सामाजिक सञ्जाल एक्स (पूर्वट्वीटर) मा ११ करोड २६ लाख फलोअर्स रहेका छन् ।सामाजिक सञ्जाल फेसबुकमा पनि उनले १७ करोड फलोअर्स छन् । यसका अतिरिक्त इन्स्टाग्राममा पनि उनको कीर्तिमानी ६३ करोड ६० लाख फलोअर्स रहेका छन् ।
पछिल्लो समय रोनाल्डोको यु ट्युब च्यानलले पनि कीर्तिमान बनाएको छ । रोनाल्डोले समर्थकहरुलाई सम्बोधन गर्दै यु ट्युब च्यानलको सुरुआत गरेका थिए । उनले आफ्नो यु ट्युब च्यानलको सुरुवात गर्दै भनेका थिए, ‘प्रतिक्षाको घडी समाप्त भयो । मेरो यु ट्युब च्यानल यहाँ छ । कृपया मसँग नयाँ यात्रामा सहभागी हुनु हेला । तपाइँको क्रिस्थियानो रोनाल्डो ।’
त्यसपछि रोनाल्डोको यु ट्युब च्यानल सबैभन्दा छिटो १० लाख सब्सक्राइबर बनाउने च्यानलको रुपमा दरिन पुगेको थियो । रोनाल्डोका समर्थकहरु त्यतिमा मात्र रोकिएनन् । रोनाल्डोले एक करोड सब्सक्राइबरको लक्ष्यसहित अर्को पोष्ट गरे । उनका समर्थकले रोनाल्डोको त्यो चाहना पनि केवल २४ घण्टाभित्र पुरा गरिदिएका थिए ।
साउदी अरेबियन क्लब अल–नासरबाट ब्यवसायिक फुटबल खेल्ने रोनाल्डोले यो उपलब्धिका लागि यु ट्युबबाट गोल्ड प्ले बटन पनि प्राप्त गरेका छन् । उनले त्यो भिडियो पनि यु ट्युबमार्फत सार्वजनिक गरेका छन् ।
यसअघि यु ट्युबमा सबैभन्दा छिटो एक करोड सब्सक्राइबर पु¥याउने कीर्तिमान ह्यामस्टर कोम्बाटको नाममा थियो । त्यो च्यानलले एक करोड सब्सक्राइबर पु¥याउन सात दिन प्रतिक्षा गर्नु परेको थियो । रोनाल्डोको यु ट्युब च्यानलमा अहिले एक करोड ४० लाख सब्सक्राइबर पुगिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण