संसद् बैठक
‘स्वदेशमै रासायनिक मल उत्पादन गर्न सरकार प्रयासरत छ’
बिहीबार, ०६ भदौ २०८१, १६ : २९
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषकहरूलाई आवश्यक पर्ने ६ लाख मेट्रिक टन रासायनिक मल आयात गरेर अनुदानमा उपलब्ध गराउँदै आएको बताएका छन् । साथै उनले सरकार स्वदेशमै रासायनिक मल उत्पादनका लागि प्रयासरत रहेको जानकारी दिए ।
बिहीबार प्रतिनिधि सभा बैठकमा सांसद नैनकला थापाले मलबारे सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले हाल वार्षिक रूपमा कृषकहरूलाई आवश्यक पर्ने ६ लाख मेट्रिक टन रासायनिक मल मन्त्रालयले आयात गरी अनुदानमा उपलब्ध गराउँदै आएको बताएका हुन् ।
‘नेपालमा मल कारखाना खोल्न विगतदेखि नै अध्ययनहरू हुँदै आएका छन्’, प्रधानमन्त्रीले भने, ‘अहिले पनि लगानी बोर्डले दुई वटा अध्ययन गरिरहेको छ । सरकार स्वदेशमै रासायनिक मल उत्पादनको लागि प्रयासरत छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण