कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । गत साउन २३ गतेदेखि सुरु भएर २८ गतेदेखि रोकिएको बैठक आज पुनः बसेको हो ।
अधिकांश केन्द्रीय सदस्यले आफ्ना धारणा राखिसकेकाले आज पूर्व र वर्तमान पदाधिकारीहरूले धारणा राख्ने नेपाली कांग्रेसले जनाएको छ । महामन्त्री गगन थापाले छलफलका लागि प्रस्तुत गरेका ११ एजेन्डाका अतिरिक्त परिमार्जनसहित पेस भएका महासमिति बैठकका प्रतिवेदनमाथि पनि बैठकमा छलफल हुँदै आएको छ ।
उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रतिवेदन, महामन्त्री गगन थापाले राखेको साङ्गठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राखेको समसामयिक प्रतिवेदनमाथि छलफल केन्द्रित हुने नेताहरू बताउँछन् ।
एक पदाधिकारीले भने, ‘महामन्त्रीद्वयको प्रतिवेदनमा छलफल नभइ बैठक सुरू भएको छ । आज सबै पदाधिकारी बोल्ने छन् तर आजै निर्णय आउने सम्भावना कम छ ।’ विवाद मिलाउने भन्दै साउन २८ गतेबाट बैठक स्थगन गरेर सहमति जुटाउने भनिएको थियो । तर, पदाधिकारी तहमा छलफल नभइ बैठक सुरू भएको हो । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल