कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । गत साउन २३ गतेदेखि सुरु भएर २८ गतेदेखि रोकिएको बैठक आज पुनः बसेको हो ।
अधिकांश केन्द्रीय सदस्यले आफ्ना धारणा राखिसकेकाले आज पूर्व र वर्तमान पदाधिकारीहरूले धारणा राख्ने नेपाली कांग्रेसले जनाएको छ । महामन्त्री गगन थापाले छलफलका लागि प्रस्तुत गरेका ११ एजेन्डाका अतिरिक्त परिमार्जनसहित पेस भएका महासमिति बैठकका प्रतिवेदनमाथि पनि बैठकमा छलफल हुँदै आएको छ ।
_cMkw1ePDm9.jpg)
उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रतिवेदन, महामन्त्री गगन थापाले राखेको साङ्गठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राखेको समसामयिक प्रतिवेदनमाथि छलफल केन्द्रित हुने नेताहरू बताउँछन् ।
एक पदाधिकारीले भने, ‘महामन्त्रीद्वयको प्रतिवेदनमा छलफल नभइ बैठक सुरू भएको छ । आज सबै पदाधिकारी बोल्ने छन् तर आजै निर्णय आउने सम्भावना कम छ ।’ विवाद मिलाउने भन्दै साउन २८ गतेबाट बैठक स्थगन गरेर सहमति जुटाउने भनिएको थियो । तर, पदाधिकारी तहमा छलफल नभइ बैठक सुरू भएको हो । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
_VPFXhJuEWB.jpg)
_iiMHZhRZya.jpg)
_CKL1bIGfu7.jpg)
_LlodijdGsr.jpg)
_uDVZdsmZLJ.jpg)
_u4mj1d1GEM.jpg)
_RPJg01z468.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण