राप्रपाले गर्यो कीर्तिपुर नगर प्रमुख उम्मेदवारका लागि ३ जनाको नाम सिफारिस
काठमाडौँ । स्थानीय तहको उपनिर्वाचनको मिति तय नहुँदै राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुर नगर प्रमुखको उम्मेदवारका लागि ३ जनाको नाम प्रस्ताव गरेको छ । राप्रपा काठमाडौँ जिल्ला कार्यसमितिले मेयरका लागि ३ जना र वडा नम्बर १ र ४ को अध्यक्षका लागि एक एक जनाको नाम सिफारिस गरेको छ ।
कीर्तिपुर नगरपालिमा निकट भविष्यमा हुन लागेको उप निर्वाचनका लागि प्रमुखमा ध्रुव महर्जन, वरिष्ठ अधिवक्ता राप्रपा केन्द्रीय सदस्य राजु बस्नेत र अर्का केन्द्रीय सदस्य राजकुमार केसीको नाम सिफारिस गरेको राप्रपा काठमाडौँ जिल्ला अध्यक्ष नवराज सिम्खडाले जनाएका छन् । यस्तै वडा नं १ मा सुरेन्द्रप्रसाद उप्रेती वडा नं ४ का लागि बिजेस बस्नेतको नाम सिफारिस गरिएको छ ।
गत साउन १० गते कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको मिर्गौला रोगका कारण निधन भएको थियो । रिक्त रहेको उनको स्थानमा पदपूर्ति गर्नका लागि उपनिर्वाचन गर्नुपर्नेछ । निर्वाचन आयोगले आगामी मङ्सिरको तेस्रो साता जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहमा उपनिर्वाचन गर्ने जनाए पनि मिति भने तोकिसकेको छैन ।
देशभर नगर प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष २, वडाध्यक्ष २८ गरी विभिन्न स्थानीय तहमा रिक्त रहेको ३४ पदका लागि उपनिर्वाचन गर्नुपर्ने अवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण