मन्त्री भण्डारीद्वारा चोभार बन्दरगाहको निरीक्षण
शनिबार, ०८ भदौ २०८१, १५ : १०
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चोभारस्थित सुख्खा बन्दरगाहको निरीक्षण गरेका छन् । आज बिहान उनले बन्दरगाहमा रहेका सवारी साधन पार्किङको अवस्था, गोदाम व्यवस्थापन, कार्यालय व्यवस्थापन आदिको निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा उनले बन्दरगाहलाई अझै बढी चलायमान बनाउन सम्बन्धित व्यक्तिहरुलाई निर्देशन दिए।
५ वर्षका लागि निजी क्षेत्रसँगको साझेदारीमा सञ्चालन भइरहेको उक्त बन्दरगाहले न्यूनतम ३ करोड रकम राजश्व सङ्कलन गर्ने सहमति भए पनि उक्त अवधिमा ८ देखि १० करोड रकमसम्म राजश्व सङ्कलन गर्ने लक्ष्य रहेको बन्दरगाहका कार्यकारी निर्देशक आशिस गजुरेलले बताए ।
अहिले फास्ट ट्र्याकको अभावमा समेत बन्दरगाहले अपेक्षा अनुसारको प्रतिफल दिइरहेको गजुरेलको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण