रामेछाप पहिरो अपडेट: ६ जनाको शव भेटियो

रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका–३ मा गएराति गएको पहिरोमा पुरिएका ६ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेका अनुसार एकजना घाइते छन् भने केही बेपत्ता छन् ।
एघार वर्षीय अञ्जना श्रेष्ठ घाइते भएकी छन् । उनको कम्मरभन्दा मुनिको भाग चलेको छैन । सो गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले दिनुभएको जानकारीअनुसार गएराति पहिरो खसेको हो ।
मृत्यु भएकामध्ये दुई जनाको मात्रै सनाखत भएको छ। पहिरोमा परी मृत्यु हुनेमा ३० वर्षकी चण्डिका श्रेष्ठ र उनका १८ महिनाका शिशु आनुष श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे जानकारी पाउनासाथ स्थानीय, प्रहरी र नेपाली सेनाका जवान उद्धार र खोजीमा जुटेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए । पहिरोले वडा नं २ र ३ को सिमाना भएर बग्ने अँधेरी खोलको पक्की पुल पनि बगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्मृतिमा विजय चालिसे
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
-
बारामा मदन आश्रितका नाममा ३ करोड बजेट
-
तरुण दलको भवन बनाउन ३ करोड बजेट छुट्ट्याएकोमा आलोचना
-
खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा जाँचका कामहरू वैज्ञानिक विधिबाट भइरहेका छन् : मन्त्री अधिकारी
-
समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य: पूर्व राष्ट्रपति भण्डारी