झन्डै ४ करोड मूल्य बराबरको कोकिन तस्करी, ठमेलबाट एक विदेशी नागरिक पक्राउ
काठमाडौँ । झन्डै ४ करोड मूल्य बराबरको लागु औषध कोकिनसहित प्रहरीले एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आईभोरी कोष्टका नागरिक भमरा कोन रहेका छन् ।
उनको साथबाट १ किलो ८८ ग्राम कोकिन फेला परेको लागु औषध नियन्त्रण ब्युरोका सूचना अधिकारी प्रेम बहादुर शाहीले आइतबार जानकारी दिए ।
गत भदौ ३ गते कतार एयरलाइन्सको उडानद्वारा नेपाल आएका उनलाई कोकिनका ६९ वटा क्याप्सुलसहित जिल्ला राजधानीको ठमेल ज्याठास्थित एक होटेलबाट पक्राउ गरिएको उनले बताए ।
उक्त कोकिनका क्याप्सुलहरू निजले खेलौनाभित्र लुकाएर राखेको अवस्थामा बरामद गरिएको उनको भनाइ छ ।
अभियुक्त उक्त क्याप्सुलहरू नाइजेरियाबाट निलेर ईथोपियाबाट दोहा हुँदै काठमाडौँ आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।
निज उपर लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको ब्युरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण