अवैध लागु औषध सहित २० जना पक्राउ
काठमाडौं । कैलाली र ललितपुरबाट लागु औषधसहित २० जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार
ललितपुर महानगरपालिका-१८ चोभार भञ्याङ थानागाँउस्थित युके हिल्स क्याफे एण्ड स्नोकर हाउसबाट १९ जना पक्राउ परेका छन् ।
लागूऔषध ट्रामानिल ६ सय २ ट्याब्लेट, नाइट्राभेट २ ट्याब्लेट, अवैध लागूऔषध गाँजा ५० ग्राम सहित क्याफे संचालक धादिङ रूबी भ्याली गाउँपालिका-५ घर भएका ४६ वर्षीय दल बहादुर तामाङ समेत १९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग बुग्मतीबाट खटिएको प्रहरीले क्याफेबाट उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको कार्यालयले जनाएको छ ।
यसैगरी कैलालीको गोदावरी नगरपालिका-२ तेघरी खानेपानी टोल बस्ने ४५ वर्षीया मंगली देवी धामीलाई पनि प्रहरीले अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १६ किलो १ सय ८० ग्राम र तराजु १ थान सहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको पदार्थ फेला पारी पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको शून्य समय : सञ्चार गृहमाथिको दबाब, बाढी-पहिरो र जनजीविकाका मुद्दामा सरकारको ध्यानाकर्षण
-
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण