पाँच गोलको थ्रिलरमा बायर्न विजयी
सोमबार, १० भदौ २०८१, ०७ : ०३
वोल्सवागन एरिना । सर्जी ग्नाब्रीले खेलको अन्त्यतिर गोल गर्दा बायर्न म्युनिखले बुन्डेस लिगामा वूल्फस्बर्गलाई पाँच गोलको थ्रिलरमा हराएको छ । आइतबार राति भएको खेलमा बायर्न ३–२ गोलले विजयी भएको हो ।
खेलको १९ औँ मिनेटमा जमाल मुसियालाले बायर्नलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै वूल्फस्बर्गले पेनाल्टी पायो । लोभ्रो मजेरले सजिलै त्यसलाई गोलमा परिणत गरे ।
लगत्तै उनले दोस्रो गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । यद्यपि, १० मिनेटपछि जाकुम कामिन्सिकीले आत्मघाती गोल गरेपछि बायर्न खेलमा फर्कियो । खेलको ८२ औँ मिनेटमा ग्नाब्रीले गोल गर्दै टोलीलाई जित दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण