नेपाल एयरलाइन्सको अवस्था चुनौतीपूर्ण छ : मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सको अवस्था चुनौतीपूर्ण रहेको बताएका छन् ।
सोमबार पर्यटन व्यवसायी रामप्रसाद सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति आधा शताब्दी लोकार्पण गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।
‘नेपाल एयरलाइन्स खस्किएको छ ।अत्यन्तै कमजोर भएको छ । त्यसलाई सुरक्षित बनाउन सकेका छैनौँ । नागरिक उड्डयन क्षेत्र सुरक्षित बनाउन चुनौती छ । यस क्षेत्रलाई सुधार गर्न सकेमा पर्यटन क्षेत्रको विकासका टेवा पुग्ने छ,’ मन्त्री पाण्डेले भने ।
उनले आधा शताब्दी पुस्तकका लेखक सापकोटाले पर्यटन क्षेत्र भएको विकृति, विसंगतिको बारेमा समेत उल्लेख गरेको बताउँदै यस क्षेत्रको सुधारका लागि सम्बद्ध सबैले निष्ठापूर्वक लाग्नु पर्ने बताए ।
मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि आफू निष्ठापूर्वक तरिकाले अघि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण