आजदेखि भृकुटीमण्डपमा नाडा अटो शो
काठमाडौँ । १६ औँ संस्करणको नाडा अटो शो २०२४ आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु हुँदै छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शो यो वर्ष भदौ ११ गतेदेखि १६ गतेसम्म ६ दिन चल्नेछ ।
टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स र सर्बो लुब्रिकेन्ट सहप्रायोजक रहेको नाडा अटो शो २०२४ मा साना ठुला गरि १३० वटा स्टल रहने छन् भने ९५ वटा अटोमोबाइल ब्रान्ड तथा अटो कम्पोनेन्ट कम्पनीहरूको सहभागिता रहने आयोजक नाडाले जनाएको छ ।
यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्गे ब्रान्डहरू, १९ दई पाने बान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिनेछन्। साथै, ३३ कम्पनीहरूमा लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरू रहने छन् भने अटो शोमा ७ वटा बैंक तथा वित्तीय संस्थाहरूको समेत सहभागिता रहनेछ ।
अटो शो उद्घाटन उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण