बीआईएम कप अन्तर कलेज क्रिकेटमा आठ टोली
काठमाडौँ । नेपाल कमर्स क्याम्पस (एनसीसी) को आयोजना तथा मेन क्यान डु (एमसीडी) प्रालिको ब्यवस्थापनमा काठमाडौँमा यसै महिना ‘बीआईएम अन्तर कलेज एनसीसी क्रिकेट कप–२०२४’ सञ्चालन हुने भएको छ ।
प्रतियोगिता भदौ १४ गतेदेखि काठमाडौँको मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने जानकारी मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिइयो । प्रतियोगितामा विभिन्न आठवटा टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपाल कमर्स क्याम्पस, शंकरदेब क्याम्पस, किष्ट कलेज, केसीएमआईटी, मेची बहुमुखी क्याम्पस, आईएमएस कलेज, सेन्ट जेभियर्स कलेज र अर्किड इन्टरनेशनल कलेजको सहभागिता रहने आयोजकले जनाएको छ ।
भदौ १७ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेता टोलीले ५० हजार र उप–विजेता टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्ने बताइएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई पनि पुरस्कार प्रदान गरिने छ ।
सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा तीन महिना निःशुल्क प्रशिक्षकको सुविधा उपब्ध गराइने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण