राष्ट्रिय टोलीबाट सन्न्यास र प्रशिक्षक बन्ने विषयमा यसो भन्छन् रोनाल्डो
काठमाडौँ । समकालीन विश्व फुटबलका महान् खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल जीवनसँग जोडिएको दुईवटा रहस्य सार्वजनिक गरेका छन् । ३९ वर्षीय पोर्चुगिज स्टार रोनाल्डोले राष्ट्रिय टोलीबाट आफ्नो सन्न्यासको विषयमा पनि बताएका छन् ।
साउदी अरेबियाको क्लब अल–नासरबाट व्यावसायिक फुटबल खेल्ने रोनाल्डोले राष्ट्रिय टोलीबाट सन्न्यास लिने विषय अत्यन्त गोप्य राख्ने बताएका छन् । सन्न्यास लिनुअघि यस विषयमा आफ्ना निकटका साथी–भाइले पनि सुइँको नपाउने उनको दाबी छ ।
सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेका छन्, ‘मैले राष्ट्रिय टोलीबाट सन्न्यास लिएपछि मात्र अरूले थाहा पाउने छन् । यो मेरो नितान्त व्यक्तिगत कुरा हो । मेरो नजिकका साथी–भाइलाई पनि यसको जानकारी हुने छैन ।’
यसै गरी, उनले सक्रिय खेल जीवनबाट बिदा लिएपछि प्रशिक्षण पेसामा जाने आफ्नो कुनै योजना नरहेको पनि बताएका छन् । उनले तत्काल खेल जीवनबाट सन्न्यास लिने कुनै योजना नरहेको र आफू अझै लामो समय मैदानमा सक्रिय रहने पनि बताएका छन् ।
‘तत्काल खेल जीवनबाट सन्न्यास लिने कुनै योजना छैन । म अझै लामो समय मैदानमा सक्रिय हुन चाहन्छु । आफ्नो देशका लागि त मैले अझ धेरै कुरा गर्न बाँकी छ । अनि, खेल जीवनबाट बिदा लिएपछि प्रशिक्षण पेसामा जाने पनि कुनै योजना छैन,’ रियल मड्रिडका पूर्वस्ट्राइकरले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण