नाडा अटो शोमा स्पीड ४०० र स्क्रयाम्ब्लर ४०० एक्स मोडेल सार्वजनिक
काठमाडौँ । गोल्छा ग्रुप अन्तर्गतको कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० र स्क्रयाम्ब्लर ४०० एक्स मोडेलहरु सार्वजनिक गरेको छ ।
- ट्रायम्फ स्पीड ४००
शहरी क्षेत्रको लागि डिजाइन गरिएको ट्रायम्फ स्पीड ४०० मा ४०० सिसिको टिआर–सिरीज इन्जिन, ६–स्पीड गियरबक्स, स्लिप–असिस्ट क्लच र हलुका फ्रेमसहितको एल्युमिनियम स्विङ आर्म समावेश रहेको छ । यसमा ४३ मिलिमिटरको अपसाइड–डाउन फोक्र्स, प्री–लोड एड्जस्टेबल रियर मोनोशक, र १७–इन्चको एल्युमिनियम ह्वील प्रदान गरिएको छ । साथै ग्राहकले राइड–बाइ–वायर थ्रोटल, स्विचेबल ट्र्याक्सन कन्ट्रोल, एबीएस, एलईडी लाइटिङ र थप सुरक्षाको लागि इम्मोबिलाइजरको सुविधा पनि प्राप्त गर्नेछन् ।
- ट्रायम्फ स्क्रयाम्ब्लर ४०० एक्स
ट्रायम्फ स्क्रयाम्ब्लर ४०० एक्सको आकर्षक लुक्स, १९–इन्चको फ्रन्ट ह्वील, र १७–इन्चको रियर ह्वील, हाइ ग्राउन्ड क्लियरेन्स र मजबुत क्षमताले राइडरको साहसिक यात्रालाई नयाँ उचाइमा पु¥याउनेछ । स्क्रयाम्ब्लर ४०० एक्समा ४३ मिलिमिटरको पिस्टन फोक्र्स, एड्जस्टेबल रियर मोनोशक र अफ–रोड कन्ट्रोलका लागि डेडिकेटेड स्क्रयाम्ब्लर एर्गोनोमिक्स सहितको प्रिमियम सस्पेन्सन समावेश रहेको छ । साथै स्विचेबल बुस्च एबीएस, एलईडी लाइटिङ, ह्याण्डगार्ड र एक्सट्रिम अफरोडका लागि थप सुरक्षा प्रदान गरिएको छ ।
भदौ ११ देखि भदौ १६ सम्म नाडा अटो शोमा यी मोटरसाइकलहरु बुकिङ गर्ने ग्राहकहरुलाई ट्रायम्फ स्पीड ४०० विशेष मूल्य रु. ६,३९,९०० मा र ट्रायम्फ स्क्रयाम्ब्लर ४०० एक्स विशेष मूल्य रु.६,८९,९०० मा प्रदान गरिने कम्पनीले जनाएको छ । विस्तृत जानकारीको लागि भृकुटीमण्डपमा जारी नाडा अटो सोको स्टल नं. एम १२ मा एवम् कम्पनीको आधिकारिक सामाजिक सञ्जालमा सम्पर्क गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबारमार्गमा नयाँ रोधी क्लब सञ्चालनमा
-
लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसूति सेवाका लागि छुट्टै अपरेसन थिएटर
-
गैरजिम्मेवार सांसद : विधेयकमा संशोधन हाले पनि छलफलका लागि बैठकमा उपस्थित हुँदैनन्
-
गढीमाई मेलामा खाद्यवस्तुको परीक्षण
-
झाँक्री प्रकाश भुजेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
एभरेस्ट बेसक्याम्प अवलोकन गरेर स्वदेश फर्किए शिखर धवन