योजना तयार गर्न स्वास्थ्य मन्त्रालयद्वारा विज्ञ माग
बुधबार, १२ भदौ २०८१, १७ : १३

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनसङ्ख्या व्यवस्थापन सम्बन्धी योजना तयार गर्न विज्ञ माग गरेको छ ।
मन्त्रालयले जनसङ्ख्या व्यवस्थापन सम्बन्धी राष्ट्रिय नीति, योजना, रणनीति, कार्यक्रम एवं जनसङ्ख्या सम्बन्धी समग्र विषयमा राय सुझावका लागि विज्ञहरूको सूची माग गरेको हो ।
मन्त्रालयले प्रकाशित गरेको सूचनामा इच्छुक विज्ञ तथा सरोकारवालालाई आफ्नो वैयक्तिक विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ । सो विवरण एक सातामा उपलब्ध गराउनुपर्ने मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप