देशभित्रको स्वास्थ्य सेवालाई राम्रो बनाऔँ : प्रेम सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले देशभित्रको स्वास्थ्य सेवालाई राम्रो बनाउन आग्रह गरेका छन् । आइतबार भक्तपुर क्यान्सर अस्पतालको कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।
सांसद सुवालले नेपालको अस्पतालमा उपचार गर्दा घरखेत नै बेच्नुपर्ने अवस्था रहेको भन्दै स्वास्थ्य सेवालाई सुलभ बनाउन पनि आग्रह गरे । उनले नेपालमा भएका अस्पतालको सेवा राम्रो नबनाउने र प्रधानमन्त्री, मन्त्रीहरू उपचार गराउन विदेश जाने कुराको अन्त्य गर्नुपर्ने बताए । उनले जनताले उपचार गर्ने ठाउँमा नै नेताहरूले उपचार गर्नुपर्ने व्यवस्था गर्न माग गरे ।
उनले भने, ‘मन्त्री, प्रधानमन्त्री र सरकारको मुख्य ठाउँमा रहेका व्यक्ति उपचार गर्न विदेश जाने, जनताले उपचार गर्ने ठाउँमा हामी पनि उपचार गरौँ, यहीँ देशभित्रको उपचारलाई राम्रो बनाऊँ । यो विषय हामीले संसदमा पनि उठाएका छौँ । कोही पनि प्रधानमन्त्री, मन्त्री र सरकारका मुख्यमुख्य मान्छेहरू विदेश उपचार गर्न जान नपर्ने गरी हाम्रै देशमा उपचारको बन्दोबस्त गरौँ । अस्पताल उपचारको लागि बनाऔँ ।’
सांसद सुवालले आम नागरिकले खाने खानेकुरामा पनि ध्यान दिन आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : के गर्दैछ रुपन्देही प्रहरी ?
-
आफ्नो वायु रक्षा प्रणालीमा शत्रु घुस्न असम्भव : भारतीय सेना
-
१० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो ‘कर्णाली छोरी सम्मेलन’
-
पाकिस्तानका पूर्व प्रधानमन्त्रीले किन गरेका थिए शाहरुख खानलाई गाली ?
-
मोदीले राष्ट्रको नाममा सम्बोधन गर्ने
-
कराते महासंघको तदर्थ समिति गठनले विवाद, पर्शुरामसँग आक्रोश