टेलिग्रामका सीईओमाथि अनुसन्धान सुरु
पेरिस । रुसी म्यासेजिङ एप टेलिग्रामका संस्थापक तथा सीईओ पाभेल दुरोभमाथि फ्रान्समा औपचारिक अनुसन्धानमा सुरु गरिएको छ । उनलाई फ्रान्स छाड्ने अनुमति नभएको फ्रान्सेली अभियोजनकर्ताले बुधबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ । रुसी अर्बपतिमाथि टेलिग्राममा भएका आपराधिक गतिविधिको सम्बन्धमा कयौँ आरोपमाथि छानबिन भइरहेको छ ।
उनीमाथि अधिकारीहरूसँग सूचनाबारे कुराकानी गर्न नचाहेको, एपमा सङ्गठित अपराधलाई प्रश्रय दिएको र गैरकानुनी समूहसँग कारोबार गरेको लगायत आरोप छ । ५५ लाख ६० हजार डलर धरौटी तिरेर उनी बुधबार रिहा भएका थिए । तर उनले फ्रान्स छाडेर अन्यत्र जान पाउन छैनन् । न्यायिक निगरानीमा फ्रान्समै बस्नु पर्नेछ । हप्तामा दुई पटक फ्रान्सको प्रहरी थानामा हाजिर हुनु पर्नेछ ।
अहिलेसम्म उनीमाथि औपचारिक रूपमा अभियोग चलाइएको छैन । औपचारिक अनुसन्धानको अर्थ उनी दोषी नै हुन् भन्ने होइन । यसको अर्थ उनीमाथि गम्भीर आधिकारिक छानबिन चलाइनु पर्छ भन्नेमा अभियोजनकर्ता विश्वस्त छन् भन्ने मात्रै हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
-
नेदरल्यान्ड्स पुनः अघि, जापान विरुद्ध २-१ को रोमाञ्चक अग्रता
-
नाकामुराको गोलमा जापानले खेललाई बराबरीमा ल्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण