बिदेसिएका युवालाई फर्काउनुपर्ने बेला आएको छ : मन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बिदेसिएका युवाहरूलाई फर्काउने बेला भएको बताएका छन् । नेपाल शैक्षिक परामर्श संघको २८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नेपालमै रोजगारी विस्तार गर्नुको विकल्प नरहेको बताए ।
उनले भने, ‘अरू देशले नेपालमा सम्भावना देख्ने अनि हामीले अन्यत्र सम्भावना देख्ने अवस्था कहिलेसम्म रहन्छ ? अब हाम्रा दक्ष जनशक्तिलाई नेपालमै श्रम र रोजगारीको वातावरण सृजना गर्नुपर्छ । यसमा सरकार प्रतिबद्ध भएर लागेको छ । हाम्रो मन्त्रालयले स्टार्टअप नेशन २०३० लगायतका युवा लक्षित केहि कार्यक्रम ल्याएको छ । दक्ष जनशक्ति उत्पादन गर्ने भूमिका शैक्षिक जगतका व्यक्तिहरूको पनि हो । तपाईँको भूमिकामा साथ दिन सरकार तयार छ ।’
मन्त्री भण्डारीले नेपाल शैक्षिक केन्द्रको हब बन्न सक्ने बताएका छन् । उनले नेपालका उत्पादन र उत्पादकत्वलाई विश्व बजारमा निर्यात गर्नुपर्ने बताए । नेपालका व्यवसायीले उत्पादन गरेका बस्तु खपतका लागि छिमेकी मुलुक भारत र चीनसँग सहकार्य गर्ने बताए ।
नयाँ सोच र चिन्तनहरूमा राज्यको सहयोग र समर्थन रहने मन्त्री भण्डारीको भनाई छ । सरकारले युवाहरूलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याएको उनको भनाई छ ।
मन्त्री भण्डारीले लगानी सम्मेलनका क्रममा पुँजी र प्रविधि भित्र्याउने तयारी गरेको बताए । उनले ज्ञानसिप प्राप्त गरेका जनशक्तिहरूलाई नेपाल फर्काउने अभियानमा शैक्षिक परामर्श संघको भूमिका रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण