रुटले गुरु थोर्पप्रति समर्पित गरे आफ्नो शतक
काठमाडौँ । इङ्गल्यान्डका ब्याट्सम्यान जो रुटले श्रीलंकाविरुद्धको दोस्रो टेस्ट क्रिकेटको पहिलो दिन आफूले प्रहार गरेको शतक ग्राहम थोर्पप्रति समर्पित गरेका छन् । रुट पहिलो दिनको खेल सकिनुअघि एक सय ४३ रन बनाउँदै आउट भएका थिए ।
यस क्रममा उनले दुई सय ६ बलको सामना गरी १८ वटा चौका पनि हिर्काएका थिए । टेस्ट क्रिकेटमा रुटले प्रहार गरेको यो कीर्तिमानी ३३औँ शतक हो । ५५ वर्षीय क्रिकेटर थोर्पले हालै आत्महत्या गरेका थिए । रुटलाई निखारिएको ब्याट्सम्यान बनाउन थोर्पले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
श्रीलंकाविरुद्धको खेलमा शतक प्रहार गरेपछि ३३ वर्षीय रुटले सबैभन्दा पहिले आकाशतर्फ हेर्दै थोर्पप्रति श्रृद्धाञ्जली अर्पण गरेका थिए । ‘मेरो खेलजीवनमा थोर्पको निकै गहिरो प्रभाव छ,’ खेलपछि रुटले भनेका छन्, ‘म आज जुन स्थानमा छु, थोर्पको सहयोग बिना त्यो सम्भव नै थिएन ।’
आफ्नो समयका प्रभावशाली खेलाडी थोर्पलाई इङ्गल्यान्डको सर्वकालीन उत्कृष्ट ब्याट्सम्यानमध्ये एक मानिन्छ । उनले यसै महिनाको प्रारम्भमा आत्महत्या गरेका थिए । उनको परिवारका सदस्यले थोर्प लामो समयदेखि डिप्रेशनमा रहेको बताएका थिए ।
रुटलाई इङ्गल्यान्डको टेस्ट टोलीमा स्थापित गराउन पनि थोर्पको महत्त्वपूर्ण योगदान रहेको छ । त्यतिबेला रुट २१ वर्षका थिए । श्रीलंकाविरुद्धको दोस्रो टेस्टको पहिलो दिनको खेल समाप्त हुँदासम्म घरेलु टोली इङ्गल्यान्डले सात विकेट गुमाएर तीन सय ५८ रन बनाएको छ ।
इङ्गल्यान्डका गस एट्किन्सन अविजित ७४ र म्याथ्यू पट्स अविजित २० रन बनाउँदै क्रिजमा छन् । रुटका अतिरिक्त इङ्गल्यान्डका लागि बेन डकेटले ४० र ह्यारी ब्रुकले ३३ रनको योगदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण