नेपालमा ५८ देशको वैदेशिक लगानी, सबैभन्दा बढी भारतको
काठमाडौँ । गत असार मसान्तसम्म नेपालमा ५८ वटा देशको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार यसमा भारतबाट सबैभन्दा बढी अर्थात् ३५ प्रतिशत लगानी भित्रिएको छ । भारतका विभिन्न कम्पनीको नेपालमा १ खर्ब ३ अर्ब ४५ करोड लगानी रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसपछि क्रमशः चीनको ३५ अर्ब ४६ करोड अर्थात् १२ प्रतिशत, आइल्याण्डको २२ अर्ब ६२ करोड (७.७) प्रतिशत लगानी रहेको छ ।
अस्ट्रेलियाबाट गत असारसम्म १९ अर्ब ६ करोड र सिंगापुरबाट १८ अर्ब ८१ करोड लगानी आएको राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।
नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत्मा ३० प्रतिशत, उत्पादन क्षेत्रमा २९.४ प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।
कुल वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवाअन्तर्गत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण