सगरमाथा जोगाउने वीर शेर्पाहरू हुन् : मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शेर्पा समुदाय हिमाल जोगाउने वीरहरू भएको बताएका छन् । नेपाल पर्वतीय प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले विश्वमा वीर गोर्खाली भनेर चिनिए जस्तै सगरमाथालाई चिनाउने वीरहरू शेर्पा भएको बताए ।
मन्त्री पाण्डेले भने, “प्रत्येक समाज र देशको आ–आफ्नै संस्कृति छ । वीर गोर्खाली, हिमाल चढ्ने र चढाउने हिमाली शेर्पाहरू हाम्रा गौरब हुन् । साहसिक शेर्पाहरूले नै हिमाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनु भएको छ ।” उनले संस्कार र संस्कृति गुमाउने हो भने नेपालले आफ्नो अस्तित्व नै गुम्न सक्ने उल्लेख गरे ।
मन्त्री पाण्डेले माउन्टेन एकेडेमीलाई अन्तर्राष्ट्रिय शैक्षिक हबका रूपमा अघि बढाउनुपर्ने समेत बताए । उनले भने, “अब यसलाई अन्तर्राष्ट्रिय विश्वविद्यालय बनाउनुपर्छ । सोलुखुम्बु र त्यस क्षेत्र वरपरका मात्रै होइन, आगामी दिनमा संसारभरका विद्यार्थीहरू पढ्नेगरी दायरा विस्तार हुनेमा विश्वास छ ।” मन्त्री पाण्डेले नाथम र माउन्टेन एकेडेमीलाई ‘मर्ज’ नगरिनेसमेत विश्वास दिलाए । ।
कार्यक्रममा पूर्वमन्त्री बलबहादुर केसी, पूर्वमन्त्री शङ्करप्रसाद कोइराला, प्रतिष्ठानका पूर्वअध्यक्ष शङ्करप्रसाद पाण्डे, प्रतिष्ठानका पूर्वअध्यक्ष प्रेमकुमार श्रेष्ठ, सन्तोष थापा मगर, लाप्पा फुटी सेर्पा सम्मानित भएका थिए । कार्यक्रममा माउन्टेन एकेडेमीका विद्यार्थीहरूले अनुसन्धान गरेको जर्नल र भ्वाइस अफ हिमालको विमोचन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण