गाजामा ६ जना बन्धकको शव फेला
तेल अभिभ । हमासले अपहरण गरेका ६ जना बन्धकहरूको शव गाजा पट्टीमा फेला परेको इजरायलले जानकारी दिएको छ । इजरायली डिफेन्स फोर्सेस ९आईडीएफ० ले जारी गरेको विज्ञप्तिमा ती शवहरू शनिबार राफाह क्षेत्रमा अवस्थित एक भूमिगत सुरुङमा फेला परेको जानकारी दिइएको हो ।
मृत फेला परेका बन्धकहरूमा कार्मेल ग्याट, एडिन यरुसाल्मी, हेर्स गोल्डबर्ग–पोलिन, एलेक्ज्यान्डर लोबानोभ, अल्बोग सारसुई र मास्टर सर्जेन्ट ओरी डानिमो रहेका छन् । आईडीएफका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले प्रारम्भिक अनुसन्धानमा इजरायली सेना त्यहाँ पुग्नभन्दा केही बेरअघि हमास आतङ्कवादीहरुले उनीहरूलाई क्रूर तरिकाले हत्या गरेको बताए ।
गोल्डबर्ग पोलिन अमेरिकी नागरिक हुन् । उनको मृत्युको पुष्टिपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू यस समाचारबाट स्तब्ध र क्रुद्ध बनेको बताएका छन् । इजरायली सेनाले सबैको शव आइतबार बिहान इजरायल ल्याइपुर्याइएको जानकारी दिएको छ । यसबारे मृतकको परिवारलाई पनि जानकारी दिइसकिएको छ ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरी २ सय ५१ जनालाई बन्धक बनाउनुका साथै १२ सय जनाको हत्या गरेको थियो । हाल ९७ जना बन्धक हमासको कब्जामा रहेका छन् । यसमध्ये २७ जनाको मृत्यु भइसकेको अनुमान छ । यस घटनापछि इजरायली सेनाले गाजामा गरेको सैन्य कारबाहीमा कम्तीमा ४० हजार ५३० जनाको मृत्यु भइसकेको छ । बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण