प्रकाशले पाए घरमै नागरिकता
आइतबार, १६ भदौ २०८१, १५ : ४६
काठमाडौँ । ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि आफ्नो परिवार भेटेका प्रकाश तामाङ ‘काले’ ले नागरिकता प्रमाणपत्र पाएका छन् ।
भोजपुर षडानन्द नगरपालिका–१० छाप्लेगाउँ (साम्पाङ) स्थित उनको घरमै गएर नगरपालिकाका जनप्रतिनिधि र प्रशासनका अधिकारीले आइतबार उनलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।
जिल्लाको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईँ र इलाका प्रशासन कार्यालय दिङ्लाका प्रशासकीय अधिकृत विनोद भण्डारीले सरकारी प्रक्रिया अनुसार प्रकाशलाई ०९–०२–८१–००३५७ नम्बरको नागरिकता प्रमााणपत्र दिएका हुन् । नागरिकता लिएसँगै प्रकाश प्रधानमन्त्री भेट्न काठमाडौँ आउन लागेका पत्रकार राजेश राईले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजर्सीमा रोड्रीले विश्वकपको ट्रफी उचाल्दा... (फोटोफिचर)
-
विश्वकप जितेपछि टोरेसले भावुक हुँदै भने–‘अहिलेसम्म पनि विश्वास गर्न सकेको छैन’
-
फाइनलपछि अर्जेन्टिनी खेलाडीको आक्रोश, स्पेनका खेलाडीसँग मैदानमै ‘झडप’
-
पाउ कुबार्सी बने विश्वकपकै उत्कृष्ट युवा खेलाडी
-
मैदानमा स्पेनको जादु, पर्दापछाडि ट्रम्प र इन्फान्टिनोको ‘दोस्ती’
-
विश्वकपका सर्वोत्कृष्ट खेलाडी बने रोड्री, जिते गोल्डेन बल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण