चार टिमलाई स्किब्स बास्केटबल उपाधि
काठमाडौँ । एचएचसीए, भ्याली पब्लिक, पिपल्स एकेडेमी र गोल्डेनपिकले आठौँ स्किब्स कप अन्तर विद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । एचएचसीए सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गर्ल्सकाे, पिपल्स जुनियर ब्वाइज र गोल्डेनपिक स्टाफतर्फ च्याम्पियन बने ।
सिनियर ब्वाइजको फाइनलमा एचएचसीले ज्ञान निकेतनलाई २१–९ ले पराजित गर्यो । सिनियर गर्ल्सकाे उपाधि भिडन्तमा भ्याली पब्लिकले निस्टलाई ११–७ ले हरायो । बसुन्धरास्थित श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) द्वारा आयोजित प्रतियोगिताको जुनियर ब्वाइजको फाइनलमा पिपल्सले लालीगुराँस नेसनल एकेडेमीलाई ८–९ ले पाखा लगायो । स्टाफको फाइनलमा गोल्डेनपिकले महामञ्जुश्रीलाई २०–१८ ले पन्छायो ।
सिनियर ब्वाइजमा एचएचसीएका डेविड राई, सिनियर गर्ल्स भ्याली पब्लिककी प्रकृति खड्का, जुनियर ब्वाइजमा पिपल्सका बचन राई र स्टाफमा गोल्डेनपिकका अमृत चित्रकार ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई बागमती प्रदेशका खानेपानी, सिँचाइ तथा उर्जामन्त्री श्यामबहादुर खड्का, स्किब्सका प्रिन्सिपल अरुणकुमार केसीलगायतले एक कार्यक्रमकाबिच पुरस्कृत गरे । दुई दिने प्रतियोगिताको सिनियर ब्वाइजमा २३, सिनियर गर्ल्स र जुनियर ब्वाइजमा समान १२–१२ तथा स्टाफमा ६ टिम सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण