कुलोमा डुबेर बालकको मृत्यु
आइतबार, १६ भदौ २०८१, २२ : ३१
नारायणगढ । भरतपुर महानगरपालिका–२६ मा आज कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२६ खयरघारी दुर्गा मन्दिरटोल बस्ने हरिबहादुर कुमालका ३६ महिनाका छोरा सन्देश कुमाल रहेकोे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।
घर नजिकै रहेको कुलोमा खेल्ने क्रममा बालकको ज्यान गएको हो । बालक खेल्ने क्रममा कुलोमा परी घटनास्थलबाट दुई सय मिटर तल सोही कुलोमा फेला परेकामा उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । उपचारका क्रममा आज साँझ बालकको मृत्युभएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण