कुलोमा डुबेर बालकको मृत्यु
आइतबार, १६ भदौ २०८१, २२ : ३१

नारायणगढ । भरतपुर महानगरपालिका–२६ मा आज कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२६ खयरघारी दुर्गा मन्दिरटोल बस्ने हरिबहादुर कुमालका ३६ महिनाका छोरा सन्देश कुमाल रहेकोे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।
घर नजिकै रहेको कुलोमा खेल्ने क्रममा बालकको ज्यान गएको हो । बालक खेल्ने क्रममा कुलोमा परी घटनास्थलबाट दुई सय मिटर तल सोही कुलोमा फेला परेकामा उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । उपचारका क्रममा आज साँझ बालकको मृत्युभएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको बुँदा नम्बर २२७ ले ऊर्जा क्षेत्रलाई समाप्त पारिदियो : सांसद शर्मा
-
लर्ड्समा नेपाली क्रिकेट टोलीले निकालेको त्यो ऐतिहासिक जीत
-
अदालत गन्हाइरहेको छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छः सांसद सुनार
-
कोशी प्रदेशका मन्त्रीले किन कुटे एकीकृत समाजवादीका नेता ?
-
नहर बनाएर बाढी नियन्त्रण
-
रास्वपा र एकीकृत समाजवादीलाई जितजंगले भने– पहिले आफूले सिकेर मात्रै अरूलाई नैतिकता सिकाउनू