अम्पायरले भारतीय ब्याट्सम्यान रोहित शर्माको गरे प्रशंसा
काठमाडौँ । भारतीय क्रिकेटर रोहित शर्माको फ्यान कयौँ छन् । उनको फ्यानको सूचीमा अम्पायर पनि सामेल छन् । भारतीय अम्पायर अनिल चौधरीले रोहित शर्माको ब्याटिङ कुशलताको निकै प्रशंसा गरेका छन् । एक दिवसीय र टेस्ट क्रिकेटका भारतीय कप्तान रोहित शर्माबारे अम्पायर चौधरीले एक युट्युबरसँग कुराकानी गरेका हुन् ।
चौधरीले भने, ‘रोहित शर्मामा बल सेन्स जबर्जस्त छ । अरु ब्याट्सम्यानका लागि योर्कर हुने बललाई रोहितले छक्का प्रहार गरिदिन्छन् । हेर्दा उनी अल्छी देखिए पनि उनको खेल फुर्तिलो हुन्छ ।’

चौधरीका अनुसार अन्य ब्याट्सम्यानका लागि १६० किलोमिटर प्रतिघण्टाको रफ्तार हुने बल पनि रोहितका लागि १२० को रफ्तारमा आएजस्तै हुन्छ । उनले भने, ‘रोहित धेरै इन्टेलिजेन्ट क्रिकेटर हुन् ।’
रोहित शर्मा क्रिजमा धेरै अगाडि बढेर नखेल्ने चौधरीको भनाइ छ । ‘उनी पछाडि नै रहेर बललाई प्रतीक्षा गर्दछन् । उनलाई कुल बलमा अगाडि जाने भन्ने राम्रो थाहा हुन्छ,’ चौधरीले भने ।
उनले रोहितका सामु अम्पायरिङ गर्न निकै सहज हुने पनि बताए । ‘उनी या त प्रस्ट आउट हुन्छन्, या प्रस्ट नटआउट,’ चौधरीले भने, ‘अरु खेलाडीमा जस्तो उनको बारेमा निर्णय लिन कठिन हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण