स्कुटर दुर्घटना हुँदा पाल्पामा एक जनाको मृत्यु
सोमबार, १७ भदौ २०८१, १२ : २७
बुटवल । स्कुटर दुर्घटनामा परी पाल्पामा १ जनाको मृत्यु भएको छ ।
रामपुर नगरपालिका वडा नम्बर १० मा भएको उक्त दुर्घटनामा स्थानीय ४० वर्षीय यामबहादुर खरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
कालिगन्डकी करिडोरअन्तर्गत बर्दलेबाट रामटारतर्फ जाने क्रममा खरुले चलाएको लु ४४ प २४३१ नम्बरको स्कुटर सडकछेउको पोलमा ठोक्किएर पल्टिएको हो।
दुर्घटनामा घाइते भएका खरुलाई उपचारका लागि रामपुर अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुगन्ध श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण