जर्मनीको एक क्षेत्रमा दक्षिणपन्थी पार्टीको ऐतिहासिक जित
म्युनिख । जर्मनीमा दक्षिणपन्थी पार्टी एएफडी (अल्टरनेटिभ फर जर्मनी) ले पूर्वी राज्य शोरेन्जियामा ऐतिहासिक जित दर्ता गरेको छ। यो पार्टीले आप्रवासनको मुद्दामा चुनाव लडेको थियो ।
दोस्रो विश्वयुद्धपछि जर्मनीमा दक्षिणपन्थी पार्टीले क्षेत्रीय चुनाव जितेको यो पहिलो पटक हो। एएफडीले कूल मतको झन्डै एक तिहाइ मत जित्यो। पार्टीले कन्जरभेटिभ पार्टी सीडीयू (क्रिश्चियन डेमोक्रेटिक युनियन अफ जर्मनी) भन्दा नौ अंकले अगाडि छन्। यसले जर्मनीका तीन सत्तारुढ दललाई पनि पछाडि पारेको छ ।
यससँगै शोरेन्जियाको छिमेकी राज्य स्याक्सोनीमा आइतबार एएफडी दोस्रो स्थानमा आयो। स्याक्सोनी राज्यको तथ्याङ्कले यहाँ सीडीयूले कुल मतको ३२ प्रतिशत प्राप्त गर्न सक्ने देखाएको छ । यहाँ पार्टी एएफडीभन्दा एक अंक अगाडि छ । तर, यहाँ पनि एएफडीले तीनवटै सत्ताधारी दलहरू सोसल डेमोक्र्याट, ग्रीन्स र लिबरल एफडीपी (फ्री डेमोक्र्याटिक पार्टी) लाई पराजित गरेको छ ।
एएफडी पार्टीका सबैभन्दा ठूलो नेता ब्योर्न होक हुन्। उनी जर्मनीका विवादित नेता हुन् । होक इतिहासका शिक्षक थिए । नाजी नारा प्रयोग गरेको भन्दै उनलाई जरिवाना गरिसकिएको छ । यद्यपि उनले यो कुरा अस्वीकार गर्छन्।
उनले प्रदेश संसदमा प्रत्यक्ष जनादेश नपाए पनि आफ्नो पार्टीका ठूला नेताहरूको सूचीमा शीर्ष स्थानमा रहेकाले उनले एक सिट जित्न सक्छन् ।
जर्मनीमा एक वर्षपछि आम निर्वाचन हुँदैछ । क्षेत्रीय चुनावको नतिजा चान्सलर ओलाफ स्कोल्जको गठबन्धन सरकारका लागि चिन्ताजनक छ।
जर्मनीमा क्षेत्रीय निर्वाचन पाँच वर्षमा एकपटक हुन्छ। प्रत्येक राज्यले फरक मितिमा चुनाव गराउन सक्छ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण